१५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छाैं : कुलमान घिसिङ
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १५:०१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युतकाे बक्यौता रकम नतिरे फेरी उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका छन् ।
बुधवार प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक घिसिङले यस्ताे बताएका हुन् ।
‘कात्तिक ८ गते लाइन काटेका थियौं। भर्खरै सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र बिजुली जोड्न निर्देशन दिएको छ। अब १५ दिनभित्र बक्यौता उठाउन लाग्छौं। १५ दिनभित्र उहाँहरूले सरकारको निर्देशनअनुसार बक्यौता तिर्नुपर्छ। नतिरे हामी कानुनी प्रक्रियामा जान्छौँ,’ उनले भने।
जनतालाई अध्यारोमा राखेर उद्योगमा प्रयोग भएको बिजुलीको बक्यौता कानुनसम्मत जुनसुकै हालतमा उठाउने कुलमानले स्पष्ट पारे ।
सम्बन्धित











रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया