‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र सुरु

बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका तर्फबाट आयोजना गरेका ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र अहिले यहाँ सुरु भएको छ । पर्वतीय क्षेत्रका जनताले भोग्नुपरेका समस्या तथा यसका चुनौतीलगायत वातावरणसँग सम्बन्धित समसामयिक विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले विशेष सत्र आयोजना गरेको हो ।
कार्यक्रमको सुरुआत गर्दै नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सचिव डा दीपक खराल, परराष्ट्र मन्त्रालयका सह–सचिव अमृत राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले विशेष सत्रमा कार्यक्रमबारे जानकारी गराए।
यसअघि आजै पर्वतीय मुलुक कीर्गिस्तानले जलवायु परिवर्तन र असरका विषयमा उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । उक्त सत्रमा नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
नेपालद्वारा आयोजित विशेष सत्रमा संयुक्त अधिराज्य बेलायत, फ्रान्स, भूटान, कीर्गिस्तान, अजरबैजानलगायतका देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिसहित विज्ञ समुदायको सहभागिता रहेको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया