जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने

जनकपुर । विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।
विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र रात्रि विश्राम बाराको गढीमाईमा गर्ने निर्णय गरेको उनले बताए ।
तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तातरण गरिने बताइएको छ ।
विश्व हिन्दू परिषद्को सक्रियतामा विगत वर्ष झै यस वर्ष पनि सामूहिक विवाह हुने छ । छैठौंँ पटक हुन लागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीको सहभागिता रहने छ ।
जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिका रुपमा विकासका लागि प्रचारप्रसार गरिने बताइएको छ । यसैबीच जनकपुरधाममा मङ्सिर २१ गते हुने विवाहपञ्चमी मेलाको धुमधामका साथ तयारी भइरहेको छ ।
त्यसका लागि मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन समितिले तयारी गरिरहेको जनाइएको छ ।














गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया