कर्णाली राजमार्गले कालीकोटका बजारहरुमा व्यापार व्यवसाय वृद्धि

कालीकोट । कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ । राजमार्ग सञ्चालनमा आएपछि जिल्लाको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको पिलीचौरलगायतका बजारमा यात्रुहरुको चहलपहलसँगै व्यापार व्यवसाय वृद्धि भएको हो।
नरहरिनाथ गाउँपालिका–८ स्थित खुलालुमा पक्की पुल निर्माण भएपछि बजारमा दैनिक भीडभाड बढेको छ । खुलालु बजार क्षेत्रमा आर्थिक कारोबार बढेको वडा नं ९ अध्यक्ष प्रदीप बोहराले बताए । उनले भने, ‘यस अघि जितेगडा र लालिघाटबाट सञ्चालन हुँदै आएका सवारीसाधन पछिल्लो समय खुलालुबाट चल्न थालेका छन्।’
राजमार्ग सञ्चालनमा आएपछि स्थानीयले यातायातका साधन किनेर व्यावसायिक रुपमा आम्दानी लिन थालेको रारा कर्णाली यातायात प्रालिका अध्यक्ष हस्तबहादुर बमले बताए । कर्णाली राजमार्ग आसपासमा स्थानीयले व्यावसायिक तरकारीखेती गर्न थालेका छन् । विगतमा रोजगारका उपाय नहुँदा भारत जाने चलन थियो । तरकारी बिक्री गर्ने बजारको समस्या नभएपछि तरकारीखेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडिका किसान नरप्रसाद बरालले बताए । हाल बजार क्षेत्रमा होटल व्यवसाय र अन्य व्यापारीको संख्या बढेको गर्न रास्कोट नगरपालिकाका पूर्व प्रमुख काशीचन्द्र बरालले बताए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया