उपनिर्वाचन : हेटौँडा–१२ मा चुनावी सरगर्मी बढ्दो

बागमती । प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् ।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।
नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस हेटौँडा नगर समितिका सभापति उत्सव इटेनीले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।
ठूला दलसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन् । पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौँडा नगर सभापति ध्रुवबहादुर विष्टले बताए । एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ । गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि त्यस्तै हुने आकलन गरिएको छ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया