वादी समुदायका घरघरमा धारा

नौमूले (दैलेख), ३० कात्तिक । घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय र तल्लोडुगेश्वर बजारका स्थानीयवासीले शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएका छन् । सधैँ कर्णाली नदी र लोहोरे खोलाको दूषित पानी पिउँदै आएका उनीहरुले शुद्ध पिउने पानी पाउँदा खुसी व्यक्त गरेका छन् ।
“अहिले घरघरमा पानी आयो, बल्ल सफा पानी पिउन पायौँ । नभए हाम्रो अवस्था फेद्उनो कर्णाली बग्दो रैगो पानी तिर्खा भन्ने देउडागीत जस्तै थियो”, दुल्लू नगरपालिका–१ की ९० वर्षीया इन्द्रसरा वादीले भने ।
धारा नहुँदा खोलाबाट पानी ल्याउन आधाघण्टा लाग्थ्यो । बर्सातमा झनै धमिलो पानी हुँदा गाउँले काकाकुल भएर बस्थे । “एक घण्टा धमिलो पानी बालुवा थिग्रिएपछि पिउँथ्यौँ । प्यास मेटाउन लागि पनि पर्खिनुपथ्यौँ,” उनले भने ।
घरमा शुद्ध पिउने पानी आएपछि समय बचत भएको देवीसरा वादीले जानकारी दिए । “बचत भएको समय हामीले सरसफाइ र तरकारीखेतीमा बिताउने गरेका छौँ”, उनले भने, “शौचालय नहुँदा झाडी, जङ्गलमा खुल्ला दिसापिसाब गर्नुपर्ने बाध्यता थियो । अब त पानी पनि पायौंँ । शौचालय पनि बने, चिन्ता केही छैन ।”
पाँच किलोमिटर टाढा भुवापानी मुहानबाट ल्याइएको खानेपानीबाट मन्दिर, बजार र नमूना बस्ती गरी एक सय १० वटा धारा निर्माण गरिएको प्राविधिक जयबहादुर विष्टले बताए । दुल्लू नगरपालिका र गैरसरकारी संस्थाको साझेदारीमा ७० लाख लगानीमा धारा र शौचालय निर्माण गरिएको हो ।
शुद्ध पिउने पानी पाए पनि मजदुरी गरेर जहान परिवार पाल्दै आएका वादी समुदाय अधिकांश बेरोजगार छन् । बालुवा निकाल्ने खोलामा क्रसर उद्योग सञ्चालनपछि आफूहरुलाई बेरोजगारी भएको उनीहरुको गुनासो छ । पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार सञ्चालन भए पनि जानकारी नपाउने गरेको वसन्ता वादीले दुखेसो पोखे ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया