अफगानिस्तानविरुद्ध ११ वर्षपछि नेपालको जित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले १३ महिनापछि अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । नेपाली टिमले शनिबार ताजिकिस्तानमा अफगानिस्तानलाई २–० ले पराजित गरेको हो ।
अन्तर्राष्ट्रिय फुटबलमा यसअघि नेपालले पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट पहिलो चरणमा लाओसलाई १–० ले हराएको थियो । त्यसयताका सातमध्ये नेपालले ६ खेलमा हार र एक बराबरी खेलेको थियो ।
शनिबार अफगानिस्तानविरुद्ध नेपाललाई जित दिलाउन जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे । खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ४६औँ मिनेटमा जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रतामा राखेका थिए । ७८औँ मिनेटमा रोहितले नेपालको अग्रता दोब्बर पारे । नेपाली राष्ट्रिय टिमबाट रोहितको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।
नेपाली टिमले अफगानिस्तानमाथि ११ वर्षपछि जित निकालेको हो । यी दुई टिमबीच यसअघि पछिल्लोपटक सन् २०१३ मा प्रतिस्पर्धा भएको थियो । त्यति बेला नेपालमै आयोजित साफ च्याम्पियनसिपको सेमिफाइनलमा घरेलु टिमलाई १–० ले हराउँदै अफगानिस्तानले फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा नेपालले दुईपटक पेनाल्टी पाए पनि रोहित चन्दले गरेको दुवै प्रहारलाई अफगानी गोलकिपरले विफल बनाएका थिए । त्यसयता यी दुई टिमबीचको यो पहिलो प्रतिस्पर्धा हो ।
नेपालले यस वर्षको नोभेम्बर फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । अफगानिस्तानअघि नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया