ओली विरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिन प्रचण्डलाई एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले भारतीय पत्रिका ‘द हिन्दु’ पत्रिकालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेका थिए ।
नेकपा एमाले परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति जारी गर्दै प्रचण्डले हिन्दुसँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न भनेका हुन् ।
एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको प्रचण्डको भनाइ निराधार मात्र नभई नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि हानिकारक रहेको जनाएको छ ।
एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने कुरामा प्रतिबद्धता रहेको बताउँदै प्रचण्डलाई आफ्ना गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।












क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया