‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएकी छिन् ।
मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा आज शनिबार यहाँ आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा मन्त्री भट्टराईले शिक्षाको मूल उद्देश्य मेहनत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउनु तथा सिकाइको प्रयोग गर्नु रहेको बताइन् ।
मन्त्री भट्टराईले दुई सय पाँच विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवद्र्धनका लागि भएका कार्यको प्रशंसा गरिन् । उनिले विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न खेत तथा बारीलाई कृषिको प्रयोगशाला बनाउन आवश्यक भएको बताइन् ।
समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपूरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्ने मन्त्री भट्टराईले भनाइ राखिन् । विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउनुपर्नेमा उनिले जोड दिइन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया