झिनो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार झिनो अंकले उचालिए पनि शेयर किनबेच उत्साहजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.९८ अंकले उचालिएको हो । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७५३.७६ अंकमा पुगेको छ ।
बजारमा झिनो सुधार देखिए पनि विकास बैंक, होटल, हाइड्रो, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ समूहमा हरियाली छाउँदा बैंकिङ, फाइनान्स, उत्पादनमूलक र निर्जीवन बीमा समूह राताम्मे भएका छन् ।
आज ३२६ कम्पनीका २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४.६१ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रो, माण्डु हाइड्रो र बलेफी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.७१ र ९.२९ प्रतिशतले नाफा कमाए ।
त्यस्तै समृद्धि फाइनान्स, गुराँस लघुवित्त र मकर जितिुमाया हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १० र ८ प्रतिशतले घाटा व्यहोरे ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भयो । उक्त कम्पनीको ४५ करोड १७ लाख १० हजार ३ सय ७२.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।










जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया