गुल्मी मुसिकोट १ मा ८ जना प्रतिस्पर्धामा
मेरोन्यूज
२०८१ मंसिर ३ गते ७:००

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर १ को वडाअध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । ५ राजनीतिक दल र ३ स्वतन्त्र गरी ८ उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मुसिकोट नगरपालिकामा रिक्त वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ र नेकपा एमालेबाट दलबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रबाट दुर्गाबहादुर वि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्रीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।वडामा ४ हजार ५१ जना मतदाता छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया