न्युजिल्यान्डमाथि श्रीलंका तीन विकेटले विजयी

श्रीलंका ।घरेलु मैदानमा श्रीलंकाले न्युजिल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा तीन विकेटको जित हात पारेको छ। आइतबार पालेकेलको घरेलु मैदानमा भएको दिवारात्री खेलमा न्युजिल्यान्डले दिएको २१० रनको लक्ष्य श्रीलङ्काले १ ओभर बाँकी रहँदा ७ विकेटको क्षतिमा पुरा गरेको हो। वर्षाका कारण खेल ४७ ओभरमा घटाइएको थियो।
श्रीलंकालाई जित दिलाउने क्रममा कुशल मेन्डिसले अविजित ७४ रन जोडे। उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए। यसैगरी पाथुन निसान्काले २८ रन जोडे। बलर हाबी भएको खेलमा नवौँ क्रममा मोबिस थक्सेनाले २८ रनको योगदान गरे। न्युजिल्यान्डका माइकल ब्रेसवेलले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५.१ ओभरमा सबै विकेट विकेट गुमाउँदै २०९ रन बनाएको थियो। श्रीलंकाका मार्क चापम्यानले ७६ तथा माइकल हेले ४९ रन जोडे। श्रीलङ्काका महेश थक्सेनाले ९.१ ओभरमा ३१ रन खर्चेर तीन विकेट लिए। जेफ्री भन्डर्सीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए।











आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया