पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

सुनसरी । पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे । पार्क निकै कलात्मक र आकर्षक लागेको उहाँले बताउनुभयो । पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ ।
“केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो । श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने,“अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो ।”
उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृती पार्कमा भेटिए । उनले भने, “सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्तव्य थपिएको रहेछ भन्ने लाग्यो ।” भानुचोकबाट छ किलोमीटर माथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका ‘एसडिबी’, ‘रकगार्डेन’, ‘चिल्ड्रेन पार्क’लगायतका संरचना छन् । हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको यहाँ आन्तरिक र बाह्य पर्यटक दिनहुँ आउने गरेका छन् । ‘श्रम संस्कृति पार्क’ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।
हाल पार्क आसपासमा होटल सञ्चालित छन् । दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङले बताए
। होटल व्यवसाय गर्दै आएकी सविता राईले भनिन्,“पछिल्लो समय यस ठाउँमा पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापागायत विदेशबाट पर्यटक घुम्न आउने गरेका छन् ।”
श्रम सस्कृति पार्कसँगैको ओशो पार्क, बिपी पार्क छन् । श्रमदानबाट श्रम संस्कृति पार्कसँगै अन्य पार्कहरु निर्माण गरिएका छन् । यस क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुसार सबै पार्कलाई एकीकृत गरी प्रवर्द्धन गरिनुपर्ने प्रतिनिधिसभा सदस्य जयकुमार राईले बताए ।
धरान उपमहानगरपालिका–१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो । प्रदेश सरकारको रु ४० लाख बजेटमा एक किलोमिटर सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको भएको उक्त वडाका वडाध्यक्ष नेत्र काफ्लेले बताए ।
यस पार्क क्षेत्रलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतको सुझाव छ ।
















एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया