भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मेरोन्यूज
२०८१ मंसिर ४ गते १२:०१

भक्तपुर । भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।
अस्पतालकी कार्यकारी निर्देशक डा। सुमित्रा गौतमका अनुसार अब प्रत्येक मङ्गलबार मोतिविन्दुको शल्यक्रिया गरिने छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो । प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो ।
यसैबीच, वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको तथा प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया