बुधबार, वैशाख २३, २०८३

मन्त्री अधिकारीद्वारा रासस अवलोकन

मेरोन्यूज २०८१ मंसिर ४ गते १२:३२

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय, भद्रकालीको अवलोकन भ्रमण गरे।

Advertisement
NiccNicc

अवलोकनपछि मन्त्री अधिकारीले नापी तथा मालपोतलगायत भूमि व्यवस्थासँग सम्बन्धित पुराना ऐन, कानुन, कार्यविधि र पुरातन मानसिकताका कारण कामकाज गर्न कठिन भएको बताउँदै पुराना तथा बाझिएका ऐन, नियम, कानुन संशोधन तथा परिमार्जन प्रक्रियामा अहिले मन्त्रालय क्रियाशील रहेको जानकारी दिए।

धरान, भैरहवा, वीरगन्ज, जनकपुर, कृष्णनगरजस्ता महत्वपूर्ण सहर तथा व्यापारिक केन्द्रसहित देशव्यापी रूपमा जग्गाको स्वामित्व, भोगचलन र उपयोगका बारेमा विवाद तथा झमेला रहेको उल्लेख गर्दै उहाँले भूमि व्यवस्थासँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक नीतिगत व्यवस्थासहित सुशासनलाई प्राथमिकता दिनेगरी मन्त्रालयमा कामकाज भइरहेको स्पष्ट गरे।

सो अवसरमा मन्त्री अधिकारीले राससको समाचार सम्पादन शाखाको निरीक्षण गर्दै समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणका विषयमा जानकारी लिए ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले मन्त्री अधिकारीलाई राससमा स्वागत गरेका थिए ।

प्रतिक्रिया