आइतबार, वैशाख २१, २०८२

सेयर बजारमा भारी गिरावट, काराेबार रकम साढे १० अर्ब

मेरोन्यूज २०८१ मंसिर ४ गते १५:४१

काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले घटेको छ ।

आज नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर २७०२ को विन्दुमा झरेको हो ।

मंगलबार २० कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।आज दिनभरिमा ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया