आज मंसिर ५ गते बुधबारको राशिफल,कस्तो रहला तपाईंको दिन ?

काठमाडौं । आज २०८१ साल मंसिर ५ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर २० तारिख। पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : अग्रिम गरेको मेहनतले सफलता मिल्नेछ। आलस्यबाट बच्नुहोस्। नकरात्मक कुराहरूबाट दाम्पत्य जीवनमा मनमुटाव हुनसक्छ। आफ्नो गोप्य कुराहरु कसैसंग नभन्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष : नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आफन्तहरूसँग भेटघाटका योग छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा धन प्राप्तिका नयाँ अवसरहरू मिल्नेछन्। अरुलाई सल्लाह सुझाब नदिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : व्यापार व्यवसायमा लाभको स्थिति रहेको छ। कार्यक्षेत्रलाई लिएर सानातिना यात्राको योग रहेको छ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको बृद्धी हुनेछ। शिक्षाको क्षेत्रमा दिन उत्तम रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : आर्थिक कारोबारको दृष्टिले आजको दिन सामान्य रहनेछ। शेयर मार्केटमा लगानी गर्नदेखि बच्नुहोला। आफन्तहरूबाट शुभ समाचार मिल्नेछ। घरमा उत्सवको माहोल रहने छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : नोकरी वा पेशामा नयाँ काम हात पर्ला। शेयर बजारमा गरिएको कारोबारले लाभ मिल्नेछ। जग्गा जमिनबाट लाभ मिल्ने छ। कामकाजमा भागदौड धेरै रहने छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नुको साथै विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन् अध्यापनको लागि समय अनुकूल रहेको छ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ।
तुला :सामाजिक प्रतिष्ठा बढ्नुको साथै कार्यक्षेत्रमा सम्मान मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। आर्थिक पक्ष मजबुत रहने छ। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक : आज कार्यक्षेत्र होस् वा व्यापार व्यवसाय दुबैमा अर्काको भर नपर्नुहोला। लगानी लगाउनुदेखि बच्नुहोस्। वैदेशिक रोजगारबाट लाभ कमाउने योग छ। विद्यार्थी वर्गहरू आफ्नो पढाइमा ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु : महत्त्वपूर्ण कार्यहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोला। धेरै रिसले बनेका कार्यलाई बिगार्न सक्छ। मित्रहरूसित रमाइलो समय बित्नेछ। आर्थिक कारोबारको दृष्टिले दिन राम्रै रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर : परिश्रमको अनुरूप कार्यक्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्ने योग छ। नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। सवारी साधनलाई चेक गरेर मात्र यात्रा गर्नुहोला। आजको शुभ रंग गुलाबि हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : आजको दिन उत्साहले भरिपूर्ण रहनेछ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। प्रतियोगी परीक्षार्थीलाई परीक्षामा कडा टक्कर मिल्नेछ | नोकरीमा सरुवा हुने योग छ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
मीन : आफन्तहरूसँग मनमुटाव रहने छ। व्यापार व्यवसायमा धनलाभका योग रहेका छन् ।कार्यक्षेत्रमा एउटा काम सिध्याएर मात्र अर्को कामको प्रारम्भ गर्नुहोला। विद्यार्थीको लागी पठनपाठनको समय उचित रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
















महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
अन्तरिम सरकारका ४ मन्त्री चुनावी मैदानमा
किम जोड.ले दीए उपप्रधानमन्त्री बर्खास्त
झापा ५ बाट बालेनले गराए उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
प्रतिक्रिया