दुर्गा प्रसाईंलाई आज अदालतमा उपस्थित गराइँदै
मेरोन्यूज
२०८१ मंसिर ५ गते ९:२९

काठमाडौँ । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने भएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कसुर गरेको भन्दै पक्राउ पुर्जी लिएको थियो । सिआइबीले मंगलबार पक्राउ गरेको भएपनि थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा बुझाएको थियो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि उनलाई पक्राउ गरेको हो ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया