बाढीपहिरोबाट भीमादका १५० जना विस्थापित

तनहुँ। भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् ।
विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेको छ, विस्थापित परिवारसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने छौं । उनी भन्छन्, “तीस घरका एक सय ५० जना विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानका स्थानन्तरण गर्ने प्रयास जारी छ । ”
यसैबीच, बाढीपहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ । नगरपालिकाले खानेपानी आयोजनाको मर्मतसम्भारका लागि विनियोजन गरेको रु ५० लाख अपुग भएकाले विकास– निर्माणका निम्ति छुट्याइएको रकम गर्नुपरेको नगरप्रमुख सुवेदीले बताए। अधिकांश आयोेजनाको मर्मतसम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका क्रममा रहेका उनले बताए ।
















प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया