कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । सन् २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरेका छन् ।
पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फर्म्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् ।
बायाँ हाते स्पिन र ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरलेक्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
जफरले क्रिकेट इतिहासमा एउटा बेग्लैस्थान राखेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा चार ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् । नोभेम्बर २०२१ मा भएको पानामाविरुद्धको उक्त खेलमा उनले चार ओभरमा दुई विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म पनि कायम छ ।
लुम्बिनी लायन्सका लागि एनपीएल २०२४ मा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भने, “म नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान पु¥याउन चाहन्छु ।”
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आगामी सिजनका लागि जफरलाई टिममा समावेश गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “साद बिन जफरजस्तो अन्तर्राष्ट्रिय ट्यालेन्टलाई हाम्रो टिमको हिस्सा बनाउन पाउँदा हामी निकै हर्षित छौँ । उहाँको अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौँ ।”
जफर लुम्बिनी लायन्समा आबद्ध भएसँगै नेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ । एनपीएल यही मंसिर १५ गतेबाट सुरु हुँदैछ । लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया