कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । सन् २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरेका छन् ।
पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फर्म्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् ।
बायाँ हाते स्पिन र ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरलेक्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
जफरले क्रिकेट इतिहासमा एउटा बेग्लैस्थान राखेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा चार ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् । नोभेम्बर २०२१ मा भएको पानामाविरुद्धको उक्त खेलमा उनले चार ओभरमा दुई विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म पनि कायम छ ।
लुम्बिनी लायन्सका लागि एनपीएल २०२४ मा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भने, “म नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै उत्साहित छु । मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान पु¥याउन चाहन्छु ।”
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आगामी सिजनका लागि जफरलाई टिममा समावेश गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “साद बिन जफरजस्तो अन्तर्राष्ट्रिय ट्यालेन्टलाई हाम्रो टिमको हिस्सा बनाउन पाउँदा हामी निकै हर्षित छौँ । उहाँको अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौँ ।”
जफर लुम्बिनी लायन्समा आबद्ध भएसँगै नेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ । एनपीएल यही मंसिर १५ गतेबाट सुरु हुँदैछ । लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ ।








वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया