शनिबार, वैशाख १२, २०८३

पर्साको पोखरिया अस्पताल ५० शय्यामा स्तरोन्नति हुँदै

मेरोन्यूज २०८१ मंसिर ७ गते ११:२२

वीरगञ्ज(पर्सा) । सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को बिहीबारको बैठकले १५ शै्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

Advertisement
NiccNicc

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबारको मन्त्रिपरिषद्को बैठकले १५ शै्यायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छएका छन् ।

वर्षौंदेखिको प्रयास र जनताको माग पूरा हुन लागेको उल्लेख गर्दै उनले अस्पताल स्तरोन्नतिको निर्णयबाट पोखरियाका लागि मात्र नभएर मधेस प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया