ओलीकाे दाबी : अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन
मेरोन्यूज
२०८१ मंसिर ७ गते १५:१६

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् ।
शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् । ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन । कुनै कमिसनखोर, भ्रष्टाचार र आफ्ना मान्छे भर्ती गर्न यो सरकार बनेको होइन’, ओलीले भने ।
प्रधानमन्त्री ओलीले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेहरूले लोकतन्त्र र संविधान मास्न खोजेको बताए । ‘धेरै मान्छेहरूले धेरै प्रकारका हल्ला चलाएका छन् । तर एमाले कागले कान लग्यो भन्दैमा कागका पछि लागेर कुद्ने पार्टी होइन’, उनले भने ।
सम्बन्धित
















आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु
बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया