सोमबार, चैत ९, २०८२

बेलायतको युक्लान युनिभर्सिटी पढेर फर्किएका विद्यार्थीलाई बिज एजुकेसनको सम्मान

मेरोन्यूज २०८१ मंसिर ८ गते १७:५३

काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्याङ्कासायर (यूक्लान) बाट ग्राजुयट गरेर फर्किएका विद्यार्थीहरुलाई बिज् एजुकेसन कन्सल्ट्यान्सीले सम्मान प्रदान गरेको छ । विहिबार राजधानीको याक एण्ड यति होटेलमा आयोजित एक कार्यक्रममा बेलायतबाट पढेर फर्किएका पाँच विद्यार्थीहरुलाई सम्मान प्रदान गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

विदेशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिएर नेपालमा सम्भाबना देखेर फर्किएका विद्यार्थीहरुलाई भक्तपुरको गठ्ठाघरस्थित विज एजुकेसनले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा रेश्मा भण्डारी, रजुल श्रेष्ठ, अनुराधा शर्मा, अभिषेक गौतम र रेखा नेगी लामा रहेका छन् । नेपालबाट अध्ययनका लागि बेलायतको युनिभर्सिटि अफ सेन्ट्रल ल्याङ्कासायर (यूक्लान) पुग्ने विद्यार्थीहरुलाई विज एजुकेसनले त्यहाँ सहजिकरण गर्दै आईरहेको छ ।

उक्त अवसरमा युनिभर्सिटी अफ सेन्ट्रल ल्याङ्कासायर (यूक्लान) कि इन्टरनेश्नल रिक्रुट्मेन्ट डाइरेक्टर युला टाङ प्लोम्यान, विज एजुकेसनका प्रबन्ध निर्देशक हरि कार्की, मध्यपुर युथ क्लबका चेयरम्यान तथा पूर्व फुटबल क्याप्टेन उपेन्द्रमान सिंहले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।

विज एजुकेसनका प्रबन्ध निर्देशक हरि कार्कीले आफ्नो आर्थिक अवस्था हेरेर मात्र बेलायत अध्ययन गर्न सल्लाह दिए । ‘कतिपय विद्यार्थीहरु त्यहाँ फि तिर्न नसकेर रोएको देखेको छु ।’ कार्कीले भने, ‘जानु अगाडी ऋण लिएर, कमाएर तिर्छु भन्ने सोच राखेर जाँदा दुःख पाईन्छ ।’ बेलायतमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिएर नेपालमा राम्रो उद्यम, व्यवसाय गरिरहेका विद्यार्थीहरुप्रति कार्कीले खुसी व्यक्त गरे ।

‘प्रमोटिङ ब्रिटिश एजुकेसन इन् नेपाल’ शिर्षक दिईएको उक्त कार्यक्रमको मोडरेट् पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेकी थिईन् । यस प्यानल डिस्कसनमा युनिभर्सिटी अफ सेन्ट्रल ल्याङ्कासायर (यूक्लान) कि इन्टरनेश्नल रिक्रुट्मेन्ट डाइरेक्टर युला टाङ प्लोम्यान र विज एजुकेसनका प्रबन्ध निर्देशक हरि कार्कीले भाग लिएका थिए ।

बेलायतमा नेपाली विद्यार्थीहरुको अध्ययन र अवसरका लागि युक्लान तथा विज एजुकेसनले कसरी सहजीकरण गरिरहेका छन् भन्ने बारे छलपल गरिएको थियो ।

नेपालमा भक्तपुरको गठ्ठाघरमा कार्यालय रहेको बिज् एजुकेसनले बेलायतमा शैक्षिक परामर्शदाताका रुपमा पनि काम गरिरहेको छ । बिज् एजुकेसनले आयोजना गरेको उक्त कार्यक्रममा २३ वटा पार्टनरका प्रतिनिधीहरुको पनि उपस्थिीति रहेको थियो ।

सन् २००८ मा स्थापना भएको बिज् एजुकेसनले शैक्षिक परामर्श प्रदान गर्नका लागि बेलाबेला बिभिन्न शैक्षिक मेला र कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया