अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् । केही दिन मात्र काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीले सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागु हुने उनले बताएका हुन् ।
सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले थोरै सेवा गरेकालाई सोही समयको सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने उल्लेख गरे । “यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ, केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागु गर्नुपर्दछ,” उनले भने ।
प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका सबै युवालाई उक्त कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
सरकारले जनताको सुख र समृद्धिबाहेक अरू कुनै अभिष्ट नराखेको पनि उनले बताए ।
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया