विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान : मन्त्री पाण्डे
मेरोन्यूज
२०८१ मंसिर १३ गते २०:३३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन्।
काठमाडौंमा आयोजित चौथो विश्व शान्ति पूजाका अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन ठूलो योगदान पुगेको बताए।
ज्ञानबाट धन तिर जानलागेको समाजलाई बुद्ध मार्गकै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने उनको भनाइ थियो। मन्त्री पाण्डेले नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एक पटक नेपाल आउनु पर्ने बताउँदै एकपटक आएकोले पटक-पटक आउने वातावरण बनाउनु आवश्यक रहेको धारणा राखे।
विश्व एक परिवार भएकाले विश्वभर एकता र मेलमिलाप हुनु पर्ने उनको भनाइ थियो।
सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया