९ महिनामै सरकार छाड्नुपर्दा चुनावी वाचा पूरा गर्न सकिनँ : प्रचण्ड
मेरोन्यूज
२०८१ मंसिर १३ गते २१:३८

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत सम्झिँदै नौ महिनामै सरकार छाड्नुपर्दा कीर्तिपुरको २०६४ सालको चुनावी बाचा पूरा गर्न नसकेको बताएका छन्।
स्थानीय तह उपनिर्वाचनमा माअोवादी केन्द्रबाट उम्मेदवार बनेका शिवशरण महर्जनको चुनावी सभालाई सम्बोधन गर्न बिहीबार कीर्तिपुर पुगेका अध्यक्ष प्रचण्डले २०६४ सालको पहिलो संविधान सभाको चुनावी बाचा सम्झिएका हुन्।
कीर्तिपुरको सभा देखेर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको झल्को आएको पनि उनले बताए।
त्यस चुनावमा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष रहेका प्रचण्ड काठमाडौं–१० र रोल्पा दुईबाट चुनाव जितेका थिए। पछि रोल्पा–२ छाडेर काठमाडौं–१० लाई कायम राखेका उनी पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका थिए।
सम्बन्धित









बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
प्रतिक्रिया