संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला

गोरखा । गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको संस्कृति र परम्पराका सरंक्षणमा जुटेका छन् ।
मगर समुदायको वेशभूषा, संस्कृति र परम्परा जोगाउनका उनीहरु समूहमार्फत पहल सुरु गरेको आमाडाँडा महिला समूहकी अध्यक्ष बेली थापामगरले जानकारी दिइन् ।
‘मगर समुदायको संस्कार र संस्कृति जीवन्त राख्न अहिले मगर जातिको सोरठी, कौह्रा, झ्याउरे नृत्य पछिल्लो पुस्तालाई सिकाउने थालिएको छ’, उनले भनिन्, ‘त्यसबाहेक जन्म, मृत्यु र विवाहलगायतका कर्मकाण्डलाई पनि आफ्नै परम्पराअनुसार नै गर्नका लागि सिकाइको प्रक्रियालाई अगाडि बढाइएको छ ।’
गोरखा सामुदायिक सिकाइ केन्द्र र वडाको सहयोगमा स्थानीय मगर समुदायको मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण एवं पुस्तान्तरणका लागि महिलाले काम गरिरहेको अध्यक्ष थापामगरले बताइन् ।
‘मगर जातिका महिला र पुरुषले लगाउने परम्परागत पोसाकबारेमा पछिल्लो पुस्तालाई थाहा हुन छोडिसक्यो’, उनले भनिन्, ‘यसलाई जोगाउन र पुस्तान्तरणका जरुरी छ, हामीले त्यो काम पनि सुरु गरेका छौँ ।’
गोरखा सामुदायिक सिकाइ केन्द्रले मगर समुदायका महिलालाई संस्कृतिका संरक्षणमा सहयोग पुर्याउन मादल, झुर्मालगायतका परम्परागत वाद्य सामग्री सहयोग गर्दै आएको छ ।
समूहले मगर जातिका युवायुवतीलाई आफ्नो संस्कार र संस्कृतिको बारेमा जानकारी दिन सकेमात्र मौलिक संस्कृति र परम्पराको पुस्ता हस्तान्तरण गर्न सकिने उनको भनाइ छ ।
आमडाँडाका मगर समुदायका महिलाले संस्कृति जर्गेनासँगै स्थानीय रैथाने जातको बालीनाली संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएका छन् ।


















मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया