सोमबार, चैत २, २०८२

महायज्ञबाट ६४ लाख सङ्कलन

मेरोन्यूज २०८१ मंसिर १५ गते १२:१५

बलेवा/बागलुङ। प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचार गर्दै स्थापित गर्न गत शनिबारदेखि सञ्चालनमा रहेको श्रीमद्भागवत ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ। सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरिएको थियो।

Advertisement
nepal life insurencenepal life insurence

महायज्ञबाट ६४ लाख रूपैयाँ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप प्रतेलले बताए। महायज्ञको व्यवस्थापनलगायत काममा २० लाख रूपैयाँभन्दा धेरै खर्च भएको अनुमान छ।

महायज्ञमा शिवदत्त रेग्मी प्रमुख वाचकको भूमिकामा रहेका थिए। जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको थियो। महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरादेखि दमेक हुँदै गाजा दहसम्मका सर्वसाधारणलाई पालैपालो महायज्ञस्थलमा उपस्थित गराएको थियो।

गाजा दह समुन्द्री सतहदेखि दुई हजार चार सय ६० मिटर उचाइमा छ। चिसो मौसम र भौगोलिक कठिनाइका कारण महायज्ञमा अनुमान गरे जस्तो भक्तजनको उपस्थिति नभएको मूल आयोजक समितिले जनाएको छ। 

प्रतिक्रिया