महायज्ञबाट ६४ लाख सङ्कलन

बलेवा/बागलुङ। प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचार गर्दै स्थापित गर्न गत शनिबारदेखि सञ्चालनमा रहेको श्रीमद्भागवत ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ। सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरिएको थियो।
महायज्ञबाट ६४ लाख रूपैयाँ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप प्रतेलले बताए। महायज्ञको व्यवस्थापनलगायत काममा २० लाख रूपैयाँभन्दा धेरै खर्च भएको अनुमान छ।
महायज्ञमा शिवदत्त रेग्मी प्रमुख वाचकको भूमिकामा रहेका थिए। जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको थियो। महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरादेखि दमेक हुँदै गाजा दहसम्मका सर्वसाधारणलाई पालैपालो महायज्ञस्थलमा उपस्थित गराएको थियो।
गाजा दह समुन्द्री सतहदेखि दुई हजार चार सय ६० मिटर उचाइमा छ। चिसो मौसम र भौगोलिक कठिनाइका कारण महायज्ञमा अनुमान गरे जस्तो भक्तजनको उपस्थिति नभएको मूल आयोजक समितिले जनाएको छ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया