मेयरका उम्मेद्वार शिव शरणद्वारा मतदान, आम मतदाताकाे शिर निहुरिन नदिने प्रतिवद्वता
मेरोन्यूज
२०८१ मंसिर १६ गते ९:१२

काठमाडाैं । नेकपा माओवादी केन्द्रका तर्फबाट किर्तिपुर नगरपालिकाका मेयरका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जनले मतदान गरेका छन् ।
उनले किर्तिपुर १० नम्बर वडास्थित जगत महापाल मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उहाँले आफू जित्नेमा ढुक्क रहेकाे भन्दै आफूलाई मतदान गर्ने मतदाताकाे शिर निहुरिन नदिने प्रतिवद्वता जनाएका छन् ।
भ्रष्टाचारमुक्त समृद्व किर्तिपुर निर्माण र सुशासनका लागि आफ्नाे उम्मेदवारी रहेकाे जनाउँदै सबै किर्तिपुरबासीलाई मतदान गर्न उनले आह्वान पनि गरेका हुन् ।




सम्बन्धित
प्रतिक्रिया