नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्रीको निर्देशन

काठमाडौँ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीहरूलाइ निर्देशन दिएकी छन् ।
मन्त्री भट्टराईले आइतबार मन्त्रालय अन्तर्गत उच्च ब्यबस्थापन समुहको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रिले खोज्नु भएको रुपान्तरणको योजनालाई हर हमेसा ख्याल गर्दै कार्य सम्पादनको स्तर नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्ने उल्लेख गरिन् ।
मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयनको कार्यविधि र प्रारूपमा जानु पर्नेमा जोड दिदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र संघीय सामान्य प्रशासन मन्त्रालय लगायतका मन्त्रालय मातहतका निकायसँग निरन्तर संवाद सहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गरिन् ।
समन्वय र सहकार्यको अभावमा कार्य सम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्व प्राथमिकतामा रहनुपर्ने धारणा व्यक्त गरिन्।
बैठकमा मन्त्रालयका सचिवहरू सहित , महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो।













माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया