बर्दियाको ठाकुरबाबा-४ मा काँग्रेसका थारु विजयी
मेरोन्यूज
२०८१ मंसिर १७ गते १०:३२

काठमाडौँ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली काँग्रेसका अमिन थारु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सेरबहादुर थारुले छ सय ७८ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विष्णुप्रसाद देवकोटाले तीन सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका वासुदेव शर्माले १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित















अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया