पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी उम्मेदवार दोब्बर मतले अगाडि
मेरोन्यूज
२०८१ मंसिर १७ गते १४:३७

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले दोब्बर मतले अग्रता लिएको छ ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रकी नरपुरा बुढाले ३१६१ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनकी केशकुमारी तुलाचनले १५५४ मत मात्रै ल्याएकी छन् ।
माओवादीकी बुढा कांग्रेस-एमाले गठबन्धनकी तुलाचनभन्दा १६०० मतले अगाडि छिन् ।
कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी हुन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया