मंगलबार, चैत ३, २०८२

उपराष्ट्रपति यादव गृह जिल्ला पुगेर गरे गढीमाईको दर्शन

मेरोन्यूज २०८१ मंसिर १७ गते २१:४१

बारा । उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे  विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् । 

गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुर स्थित रहेको गढीमाई मन्दिरमा बिदेशी पर्यटकहरुको समेत घुइँचो लाग्ने गरेको छ ।प्रत्येक पाँच पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाले नेपालको एउटा बेग्लै पहिचान बनाएको छ ।गढीमाईको दर्शन गर्न भारत लगाएत एसिया महादेशको विभिन्न देश बाट दर्शनार्थीहरु आउने गर्छन ।उपराष्ट्रपति रामसहाय यादव आफ्नो गृह जिल्ला पुगेर गढीमाई मेलाको अवलोकन गर्नुको साथ साथै निरीक्षन समेत गरेका छन ।

यस बर्षको गढीमाई मेला मंसिर ०१ गते देखि सुरु भएको छ भने मुल मेला मंसिर १७ गते देखि सुरु भएको छ ।पशु बलिको लागि बिश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा मंसिर २३ गते रङा र मंसिर २४ गते खसी र बोकाको बलि दिइने कार्यक्रम रहेको मेला मुल ब्यवस्थापन समितिका अध्यन एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।विश्व प्रसिद्ध गढीमाई मेला सुरु भए संगै नेपालका उपराष्ट्रपति लगाएत शिर्ष दलका नेता र मन्त्रीहरुले मेलाको अवलोकन गर्नु नै मेलाको ठूलो सफलता रहेको बताए ।गढीमाई मेलाको केन्द्र देखि लिएर प्रदेशका मन्त्रीहरुले अवलोकन गरिसकेका छन भने अझै अवलोकन तथा निरिक्षण गर्ने क्रम जारी नै रहेको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ।

गढीमाई मन्दिर दर्शन गर्न आएका उपराष्ट्रपति रामसहाय यादवलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख लगाएत मेला मुल ब्यवस्थापन समितिले भब्य स्वागत गरेको थियो ।

प्रतिक्रिया