फूटबल रेफ्रीको सानो गल्तिले अफ्रिकी देश गिनीमा ५६ जनाको मृत्यु

गिनी । गिनीमा फूटबल मैदानमा भएको झडमा कम्तिमा ५६ जनाको मृत्यु भएको छ ।
देशको दोस्रो ठूलो सहर निजोरकुरमामा भएको फुटबल खेलमा कम्तिमा ५६ जनाको मृत्यु भएको सरकारले जनाएको छ।
समाचार अनुसार रेफ्रीको ‘गलत निर्णय पछि’ यो घटना घटेको जनाइएको छ । रेफ्रीले पाहुना टोली लाबेका दुई खेलाडीहरूलाई रातो कार्ड दिए अनि विवादास्पद पेनाल्टी किक दिए पछि यो झडप सुरू भएको थियो ।
‘सो झडपमा जिम्मेवार व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ,’ प्रधानमन्त्री ओरी बाहले एक विज्ञप्तिमा जारी गर्दै भने, ‘यो घटनालाई दुःखद रहेको छ, शोकमा परेकाहरूप्रति समवेदना व्यक्त गर्दछु ।’
नाम खुलाउन नचाहेको एक डाक्टरले समाचार एजेन्सीहरूलाई भने, ‘अस्पतालमा आँखाले देख्ने ठाउँसम्म शवहरू लाइनमा राखिएको छ ।’ उनका अनुसार मृतकको संख्या थप बढन सक्नेछ ।
‘अरु घाइतेहरूहरू हल र सडकको भुइँमा सुतिरहेका छन्। शव भरिएको छ,’ उनले थपे। स्थानीय मिडियाले भने कि पुलिसले भीड नियन्त्रण गर्नका लागि अश्रु ग्याँससमेत प्रयोग गरेको थियो ।
जब आगन्तुक टोली लाबेका समर्थकहरूले रेफ्रीसँग रिसाएर मैदानतर्फ ढुङ्गा हान्न थाले पछि भिडन्त सुरू भएको थियो । ‘यो सबै रेफ्रीको विवादास्पद निर्णयबाट सुरु भयो। त्यसपछि प्रशंसकहरूले मैदानमा आक्रमण गरे,’ एक प्रत्यक्षदर्शीले भने ।
प्रधानमन्त्री बाहले मारिएका दर्जनौं व्यक्तिलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैलाई पूर्ण चिकित्सा र मनोवैज्ञानिक सहयोग गर्ने वाचा गरेका छन्।













महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया