शनिबार, जेठ २४, २०८२

यी हुन् नेपाल-चीनबीच हस्ताक्षर भएका ९ सहमति र समझदारी

मेरोन्यूज २०८१ मंसिर १८ गते १२:५५

काठमाडाैं । नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी

टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान

Advertisement
machhapuchare

नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान

९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान

भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर

विकास योजनासम्बन्धी समझदारीपत्र

आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र

नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र

नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र

प्रतिक्रिया