मिर्चैया घटनाबारे छानबिन समिति गठन

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।
पूर्वाधार कार्यालय सिरहाका प्रमुख रामदेव खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत सुरेश साह रहेको छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।
स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो ।
मृतकका आफन्त तथा स्थानीयले नगरपालिका र नाला निर्माण व्यवसायी कम्पनीको लापर्बाहीका कारण उनको मृत्यु भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका थिए । नगरपालिकाले उक्त खाल्डो एक वर्षअघि खनेको स्थानीयवासीको भनाइ छ ।
मिर्चैया नगरपालिकाले भने नाला निर्माण योजना सङ्घीय सरकारको भएको जनाएको छ । नगरपालिकाले सामबार विज्ञप्ति जारी गर्दै उक्त योजना सङ्घीय सरकारको भएको जनाएको छ ।
मिर्चैया बजार क्षेत्रमा दुई वर्षअघि नाला निर्माणको काम गरेको सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराजका कार्यालय प्रमुख उदय चौधरीको भनाइ छ ।
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया