कोरिया–नेपाल साझेदारी: उद्यमशीलता र आर्थिक समृद्धिको नयाँ पहल

नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले यहि डिसेम्बर २ तारिख (सोमबार)का दिन कोरियामा रोजगारको अनुभव लिई नेपाल फर्किए पश्चात सफल व्यवसायीको भूमिकामा रहेका व्यक्तिहरुको सहभागितामा २०२४ सफल उद्यमी सम्मेलनको आयोजना सम्पन्न गरेको छ।
सम्मेलनमा सहभागी भएर आफ्नो व्यवसायलाई सफल गन्तव्य दिन सक्षम ३ जना सफल व्यवसायीले कोरियामा रोजगारका क्रममा आर्जन गरेका अनुभवका आधारमा आधारमा नेपालमा व्यवसाय सञ्चालन गरेर समाजमा सकारात्मक संदेश दिएको धारणा उल्लेख गरे। हाल दैनिक रुपमा नेपालबाट वैदेशिक रोजगारका खातिर विदेशमा जानु पर्ने वाधयतालाई विदेशको अनुभवका आधारमा स्वदेशमा व्यवसाय शुरुवात गरेर धेरै व्यक्तिलाई रोजगार उपलव्ध गराउन सकने धारणा आफ्नो प्रश्तुती मार्फत पेश गरे।
देशको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास अति आवश्यक रहेको भन्दै उनीहरूले त्यसका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नु पर्ने धारणा प्रस्तुत गरे।
नेपालमा उद्यमशीलताको दिगोपनका लागि वित्तीय पहुँच स्थापित गर्ने, सहुलियत कर्जा, कर छुट लगायत अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउने, उत्पादित बस्तुको बजारीकरण, प्रविधि प्रयोगका तालिमहरू, दक्ष जनशक्ति लगायतका विषयमा विशेष योजना ल्याउनुपर्नेमा उनीहरूले जोड दिए।
नेपालमा अवस्थित गणतन्त्र कोरियाली दूतावासले हरेक वर्ष कोरियामा काम गरी फर्किएका व्यक्तिहरुले स्थापना गरेको संस्था अंकुर मार्फत नेपालमा स्टार्टअपका लागि आफ्नो अनुभव साटासाट गर्दै आएको छ। आजको कार्यक्रममा प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले कोरिया सरकार, कोईका, एचआरडी कोरिया लगायतले नेपालको आवश्यकतामा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरेकोमा नेपाल सरकारको तर्फबाट धन्यबाद दिए।
‘काठमाण्डौको क्राउन इम्पेरिलय होटलमा आयोजना भएको कार्यक्रममा कोरियामा रोजगारको अनुभव भएका देशभरका सय जना हाराहारी उद्यमीको सहभागिता रहेको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै श्रम तथा समाज कल्याण मन्त्री शरद सिंग भण्डारीले नेपालमा उद्यमशीलताको विकास नभएसम्म देश समृद्ध हुन नसक्ने बताए। कोरिया लगायत विदेशमा रोजगारका अनुभव भएका व्यक्तिहरुले नेपालमा फर्किए पश्चात उद्यमशीलताको विकास तथा विस्तार गर्नका लागि सरकारले विशेष ध्यान दिएको बताए।
कार्यक्रममा नेपाल स्थित कोरियाली राजदूत पार्क थेयङले कोरियामा रोजगारको अनुभव भएका व्यक्तिलाई नेपालमानै उद्यमशील बनाई नेपाल विकासलाई सहयोग गर्न कोरिया सरकार योजनावद्ध रुपमा लागेको जानकारी दिए। कोरियामा रोजगारको अनुभव भएका व्यक्तिले स्वदेश फर्किए पश्चात सञ्चालन गरेका उद्यम व्यवसायको प्रवद्र्धन, बजार विस्तार, ब्रान्डिङ, मार्केटिङमा सहयोग गर्नुका साथै उद्यशीलतालाई अर्थतन्त्रमा जोड्न कोरियाको अनुभव साट्ने प्रतिवद्धता व्यक्त गरे।
आजको कार्यक्रममा कोईका नेपालका प्रमुखले पनि कोरियामा रोजगारको अनुभव भएका व्यक्तिले नेपालको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बारेमा जानकारी गराए। त्यसैगरी कोईकाले सञ्चालन गरेको के-हामी परियोजना मार्फत रोजगारमा जानु अगाडी र रोजगारमा रहंदा तथा स्वदेश फर्किए पश्चात उद्यमशिल बनाउनका लागि परियोजना सञ्चालनमा रहेको जानकारी गराए।
कोरिया सरकारले २५ लाख अमेरिकी डलर उपलव्ध गराउने र नेपालका तर्फबाट पनि २५ लाख अमेरिकी डलर उपलव्ध गराई उक्त ५० लाख डलरको फण्ड मार्फत ३०० जना उद्योग गर्न चाहने रिटर्नी हरुको व्यवसायमा सहुलियत ऋण उपलव्ध गराउने धारण व्यक्त गरे।
नेपाल र कोरियाबीच कुटनितिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगांठ मनाइ रहेको अवसरमा आगामी ५० वर्ष दुई देशको सम्बन्ध आर्थिक क्षेत्रमा साझेदारी बढाउंदै लाने कोरिया सरकारको धारणा रहेको जानकारी उक्त कार्यक्रम मार्फत दूतावासले दिएको छ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया