सोमबार, चैत २, २०८२

आज पनि सुनकाे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

मेरोन्यूज २०८१ मंसिर १९ गते १२:०१

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

सुनको मूल्य आज एक लाख ५० हजार चारसय रुपैयाँ कायम भएकाे छ। मंगलबार सुनको मूल्य एक लाख ५० हजार ३०० रुपैयाँ थियो। 

अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ  कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठ सय ४५ रुपैयाँ थियो। 

प्रतिक्रिया