मंसिर २१ गते शुक्रबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?

काठमाडौं । आज २०८१ साल मंसिर २१ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ६ तारिख। मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि। सीता विवाह पञ्चमी। षडानन्द जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारसँग सल्लाह अवश्य लिनुहोला। घर परिवारमा मांगलिक कार्य हुन सक्ला। व्यापार व्यवसायमा मातापिताको आशीर्वाद लिएर निस्किदा लाभ मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।
वृष :नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् विशेष सफलता मिल्नेछ। जीवन साथीको प्रगतिले मन प्रसन्न रहनेछ। आर्थिक कारोबारमा दीर्घकालीन योजना बन्नेछ। धार्मिक यात्रा हुन सक्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। कार्यक्षेत्रमा अरुको उपकार गर्नुभन्दा अघि आफ्नो बारेमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट :दिन उत्साहवर्धक रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ भने व्यापार व्यवसायमा पनि लाभ रहेको छ। साझेदारी व्यापारमा सानातिना कुरालाई नजर अन्दाज गर्नुहोस् नभए मनमुटाव हुन सक्ला। साँझको समय मित्रहरूसँग घुमफिरमा बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह : व्यापारमा लाभ हुनाले मन सन्तुष्ट रहनेछ। हजुरको साहस र धैर्य देखेर शत्रुपक्ष पराजित हुनेछन्। सांसारिक सुख सुविधामा धन खर्च हुनेछ। वित्तीय लेनदेन नगर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
कन्या : कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूले समस्या दिनेछन्। नयाँ नोकरीको लागि गरिएको प्रयास सफल रहनेछ। सामाजिक कार्यमा धन खर्च हुनसक्छ। घरपरिवारमा कुनै मनमुटाव थियो भने सुल्झिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
तुला : पुरानो मित्रको सहायोगले रोकिएको काम प्रारम्भ हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर मन अशान्त रहनेछ। सवारी साधनमा धन खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा शत्रुपक्ष सक्रिय रहनेछन्। अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक :नोकरी वा पेशामा अधिकारीवर्गबाट प्रशंसा मिल्नेछ। आर्थिक कारोबारमा लाभ मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सानो प्रयत्नले गर्दा जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु : राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। सांस्कृतिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा हजुरको बुद्धि र ज्ञानको प्रशंसा हुनेछ। उच्च महत्वकांक्षाले समस्याहरू पनि निम्त्याउनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।
मकर : नोकरी वा पेशामा अप्ठ्यारो कामको नेतृत्वमा सफल हुनाले अधिकारिवर्गबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ :सरकारी नोकरीमा पदको प्रभावले लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ खानपानको विशेष ध्यान राखौं। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं गरौं। प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सफलता मिल्ने छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
मीन : शेयर बजारबाट मनग्य लाभ मिल्ने सम्भावना छ। भाग्यको पूरा साथ मिल्नेछ। अगाडि रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया