पेस्तोलसहित सर्लाहीबाट युवक पक्राउ
मेरोन्यूज
२०८१ मंसिर २४ गते १३:३७
सर्लाही । प्रहरीले पेस्तोलसहित सर्लाहीबाट एकजनालाई पक्राउ गरेको छ ।
बलरा नगरपालिका-६ मिर्जापुर बस्ने १९ वर्षीय गोलु भन्ने धर्मजित कुमार सहनीलाई १ थान कटुवा पेस्तोल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बलरा नगरपालिका-६ स्थित गढीमाई मेलामा झै(झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहिया र इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया