सूर्य नेपाल ओपन गल्फको दोस्रो प्रतियोगिता आजदेखि
मेरोन्यूज
२०८१ मंसिर २५ गते ८:५५
काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन गल्फ आज सुरु हुँदैछ ।
रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता चार दिनसम्म चल्ने नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए) नेपालले जनाएको छ ।
प्रतियोगितामा ७२ होलको ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुनेले ८५ हजार, तेस्रोले ६८ हजार, चौथोले ५५ हजार र पाँचौँ हुनेले ४८ हजार नगद पुरस्कार पाउने छन् ।
सम्बन्धित
प्रतिक्रिया