मंगलबार, माघ १, २०८१

सहकारी ठगी प्रकरण

पर्सामा रवि लामिछानेको बयान सुरु

मेरोन्यूज २०८१ मंसिर २५ गते १२:१६

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ ।

Advertisement

पर्सास्थित सानोपाइला सहकारीको रकम अपचलनको आरोपमा उनीमाथि मंगलबारबाट बयान सुरु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बयान सुरु गरिएको हो ।

प्रहरीले लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया