अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं। अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-३२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित झापा कचनकवल गाउँपालिका-७ ठेगाना भएका २७ वर्षीय छिरिङ लामा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ शिक्षा कार्यालय नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय ज्ञानु धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा ९ किलो ८ सय ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ झ्याके बस्ने ५२ वर्षीय प्रताप सिंह मोक्तान र उनकै श्रीमती ५० वर्षीया राम माया मोक्तान रहेका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया