मंगलबार, चैत ३, २०८२

मंसिर २६ गते बुधबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?

मेरोन्यूज २०८१ मंसिर २६ गते ६:४९

काठमाडौं । आज २०८१ साल मंसिर २६ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ११ तारिख। मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथि।  मानव अधिकार दिवस। आज गीता जयन्ती पर्व मनाइँदै छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

Advertisement
nepal life insurencenepal life insurence

मेष : नोकरी वा पेशामा शत्रुहरू हजुरको साहस र पराक्रमले परास्त हुनेछन्। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। परिवारमा चलिरहेको तनाव समाप्त हुनेछ। साँझको समय मातापिताको सेवामा बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

वृष : आर्थिक कारोबारबाट लाभ मिल्नेछ। सामाजिक सञ्जालमा आफुलाई मुखर भएर प्रस्तुत गर्न सक्नुहुनेछ। गृहणीहरूको सौन्दर्यको सामानमा धनखर्च हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन : साझेदारी व्यापारमा लाभ मिल्नेछ। भविष्यलाई लिएर निर्णय लिन सक्नुहुनेछ। कार्यक्षेत्रमा मित्रको सहायताले रोकिएको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसाय भन्दा सेवामुलक कामबाट लाभ मिल्नेछ। विद्यार्थीहरूले नयाँ कुरामा रूचि राख्नेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट : कार्यक्षेत्रमा बनाएको योजना अनुरूप कार्य गर्दा सफलता मिल्नेछ। सहकारी वा वित्तीय संस्थाबाट लाभ मिल्नेछ। प्रतियोगीहरूलाई परीक्षामा सफलता मिल्नेछ। नोकरी वा पेशामा श्रमको अनुरूप सफलता नमिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

सिंह : बुद्धि र विवेकले आज नयाँ खोज गर्न सक्नुहुनेछ। विदेशतिर बसोबास गर्ने आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। प्रेमको बन्धन प्रगाढ हुनेछ। सन्तानलाई स्वास्थ्य सम्बन्धित समस्या छ भने सुधार हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या : विद्यार्थीहरूको तार्किक क्षमतामा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। स्वादिष्ट भोजन पाउन सक्नुहुनेछ। करियरलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। बोलीमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला : मनमा उत्साह र उमङ्ग बढ्नेछ। महिलाहरूको गृहकार्य साथै सामाजिक कार्यमा रुचि बढ्नेछ। धनार्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन्। पराक्रम द्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक : मीठो बोलीले गर्दा कार्यमा सहजता आउनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शत्रुहरू पराजित रहनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु : आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफुले गरेको कामको जस पाइनेछ। जग्गा जमिनको कारोबारमा लाभ मिल्ला। विद्यार्थीहरूको परीक्षाको परिणाम अनुकूल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

मकर : पराक्रममा वृद्धि हुनेछ। अगाडि रोकिएका कामहरू सम्पादन हुनेछन्। कार्यक्षेत्रमा अधिकारीहरूको साथ पाइनेछ। व्यवसाय वा उद्योग धन्धामा लाभ हुनेछ। सोचेअनुरूप कार्यमा सफलता पाइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ : संगीत वा सांस्कृतिक क्षेत्रमा प्रतिभाको मूल्याङ्कन हुनेछ। व्यापारको विस्तारको लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। नौकरी वा पेशामा प्रभाव बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मीन : समाजमा मानसम्मानमा वृद्धि हुनेछ। राजनीतिक परिवेशमा पनि प्रभाव बढ्नेछ। होटल वा म्यानेजमेन्ट क्षेत्रबाट मनग्य लाभ मिल्नेछ। मनलाग्ने कुरामा चासो बढ्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लागिपर्नेछ। व्यापारमा लेनदेनमा सजग रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया