सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह

रोम । लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।
विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा भने, “उहाँको पहिलो लक्ष्य ‘विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु” हो ।
विदेशमा रहेका नागरिकको मानव पूँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उनले बताए ।
उनले भने, “मेरो विदेशस्थित सबै सिरियालीहरूलाई एउटा अपील छस् सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ। फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ।”
इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि असद सिरियाबाट भागेका थिए ।
सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थियो ।”
असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ ।
साम्प्रदायिक हिंसाको बारेमा चिन्ता प्रकट भएको छ, यद्यपि विद्रोही आक्रमणको नेतृत्व गर्ने इस्लामीक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले धार्मिक अल्पसङ्ख्यकहरूलाई नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ ।
इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदायहरू अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर पर्खिरहेका छन् ।
सिरियाको इसाई समुदायले सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै असद सरकारलाई समर्थन गर्दै आएका थिए । निवर्तमान् राष्ट्रपति असद स्वयं अल्पसङ्ख्यक अलावी सम्प्रदायका थिए र उनले आफूलाई अल्पसङ्ख्यकहरूको संरक्षकको रूपमा स्थापित गरेका थिए।













सशस्त्रको गोली प्रहारबाट सिटी सफारी चालकको मृत्यु, सुनसरी तनावग्रस्त
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया