मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जितेका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटर दूरी उनले दुई घण्टा ३६ मिनेट ७ सेकेण्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन्।
उपाधि विजेता रावतले रु एक लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेण्डमा पूरा गरेर दोस्रो भएका छन् । उनले रु एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा नेपाली सेनाका गजेन्द्र राई तेस्रो भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेण्डमा पूरा गर्दै रु ७५ हजारसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन् ।
खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित जिल्ला खेलकुद विकास समितिले दुईवटा धार्मिकस्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा एक सय ५ जना खेलाडीको सहभागिता रहेको थियो । सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर परिषरबाट सुरु भएको प्रतियोगिता माथिल्लो गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आएर टुङ्गिएको थियो । प्रतियोगितामा सहभागी धावकमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको अध्यक्ष बस्नेतले बताए ।
गोरखा घर भएका नेपालका म्याराथन खेलाडी टीका बोगटीको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा निर्धारित दूरी पार गर्न सफल सबैभन्दा कम १४ वर्ष उमेरका वेन्जन बस्नेत र गोर्खाली धावक अविनाश देवकोटालाई जनही रु १२ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया