जनताको भरोसालाई टुट्न दिँदैनौँः अध्यक्ष दाहाल

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् ।
रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।
अध्यक्ष दाहालले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्दै देशमा सुशासनका लागि अब समाजवादी नयाँ आन्दोलन गरिने बताए । “माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढङ्गले बुझ्दै गएका छन् । सुशासनको अभियान, सामाजिक न्याय, देश, उत्पीडित वर्ग समुदायको हित, राष्ट्रको स्वाधीनता, संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन आवश्यक छ । यसमा सबै लाग्नुहोला”, उनले भने।















जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
महाकाली नदी किनारमा एक महिला मृत फेला
धरानबाट हत्या अभियोगमा एक जना पक्राउ
हेटौँडा– नारायणगढ सडकअन्तर्गत ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया