मलेसियामा हुने हक्की प्रतियोगितामा नेपाल सहभागि हुने

काठमाडौं । नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
यो १६ वर्षमुनिका खेलाडीका खेलाडीले भाग लिने फेस्टिबल प्रतियोगिता हुनेछ । प्रतिस्पर्धा हक्की फाइभ्सका आधारमा हुनेछ । टिममा पुरुष र महिला दुवै खेलाडी हुनेछन् । प्रतियोगिता डिसेम्बर १७ देखि २१ सम्म हुनेछ ।
नेपाली टिम कुल १३ सदस्यीय रहेको छ । सहभागी हुने खेलाडीमा महिलातर्फ अनुष्का थापा, बन्दना भट्ट, सबिना राजवंशी र तुलसी बोहरा रहेका छन् । यस्तै पुरक्ष खेलाडीमा रोनाशकुमार यादव, सुदीप चौधरी, विवेक विक, सुजल महर्जन, रोशन परियार र सुशान्त रोकाया छन् । टिमका व्यवस्थापकमा हितकुमार गुरुङ र प्रशिक्षकमा दीपक खतिवडा छन् ।
यस्तै मनीषप्रसाद भट्टले प्रतियोगितामा अम्पायरको पनि भूमिका निभाउने छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार सातदोबाटोमा आयोजित कार्यक्रमबीच टिमको बिदाइ गरे । त्यस अवसरमा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले टिमको सफलताको शुभकामना व्यक्त गरे ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया