रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु

युक्रेन। युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ ।
युक्रेनको सैन्य गुप्तचर निकायले भनेको छ, ”डिसेम्बर १४ र १५ मा कस्र्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँनजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको छ ।”
युक्रेनी गुप्तचर अधिकारीले भनेका छन्, ”रूसले कब्जा गरेको युक्रेनी भूभाग र वरपरका क्षेत्रमा तैनाथ गरिएका सैनिकलाई लक्षित गरि गरिएका आक्रमणमा कम्तीमा ३० जना उत्तर कोरियाली सैन्य लडाकूको हताहत (मृत्यु भएको वा सख्त घाइते भएका) छन्।”
उत्तर कोरियाबाट हजारौँ सैनिकहरू कुर्स्क सीमा क्षेत्रसहित युक्रेनी सीमा क्षेत्रमा रहेका रूसी सेनालाई सहयोग गर्न आएका छन्, यसै बर्षको गृष्म याममा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणपछि पछिल्ला केही महिना रूसले आफ्नो भूमि फिर्ता लिइरहेको छ ।
मस्कोलाई सघाउन उत्तर कोरियाले कम्तीमा १० हजार सैनिक पठाएको पश्चिमी अधिकारीहरूको अनुमान छ । सीमा क्षेत्रमा तैनाथ ती सैन्य एकाईहरूमा ‘नयाँ सैनिक’हरू भरिएका छन् र यसमा उत्तर कोरियाली सेना पनि रहेका बताइएको छ ।
मस्कोको आक्रमणपछि रूस र उत्तर कोरियाबीच सैन्य सम्बन्ध प्रगाढ बनेको छ ।
रूसले युक्रेनी सेनालाई कुस्र्क क्षेत्रबाट बाहिर निकाल्नका लागि उत्तर कोरियाली सैनिकलाई ‘उल्लेखनीय संख्यामा’ तैनाथ गर्न थालेको जेलेन्स्कीले शनिबार बताएका थिए ।
जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई ‘अन्य भागमा पनि अग्र पङ्तीमा प्रयोग गरेको सुनिएको बताएका छन् ।















‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया