बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश
मेरोन्यूज
२०८१ पुष १ गते १६:४१

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई उच्च अदालत पाटनले थुनामै पठाउन आदेश गरेको छ ।
जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।
साेमबार न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतिक थापालाई पनि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।
२०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले उनीहरुलाई थुनामा पठाउन आदेश दिएकाे थियाे ।
सम्बन्धित
प्रतिक्रिया